काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्व भएका छन् । आइतबार बिहान गाेली लागेका ट्रम्प मध्यन्न अस्पतालबाट डिस्चार्ज भएर पुन:चुनावी बभियानमा सक्रिय भएका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् ।
पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेको थियो । उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया