• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    सिंगापुरले दियो १६ प्रजातिका किरा फट्याङ्ग्रालाई खानाको मान्यता

    4.3K
    SHARES



    काठमाडाैं। सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको छ । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएको हाे ।

    तत्कालै लागू हुने गरी एसएफएले खाद्य व्यापारीहरूको नाममा सर्कुलर जारी गरेको थियो । नियामक चासो कम भएको ठानिएको किरा फट्याङ्ग्रा र यसबाट बनाइएको खाद्य पदार्थ आयात गर्न पनि अनुमति दिइएको सर्कुलरमा भनिएको छ । एसएफएले खान मञ्जुरी दिएको किरा फट्याङ्ग्रामा सलह, फट्याङ्ग्रा, मिलवर्म र गोब्रे किराका कयौँ प्रजाति छन् ।

    यी किरा र यसबाट बनाइएको पदार्थ मानवीय उपभोगका लागि वा वस्तुभाउलाई खुवाउन प्रयोग गर्न सकिने सकुर्लरमा भनिएको छ । यद्यपि, यी किराहरू जंगलबाट खोजेर ल्याउन पाइने छैन ।

    कम्पिटेन्ट अथोरिटीले नियमन गरेको क्षेत्रभित्र पालिएको हो भनेर कागजीय प्रमाणहरू देखाइएको किरा फट्याङ्ग्रा मात्रै खान पाइनेछ । पछिल्लो समय विश्वभर किरा फट्याङ्ग्रा खाने क्रम बढ्दो छ ।

    यसलाई उच्च प्रोटिनको दिगो स्रोतको रूपमा हेरिएको छ । थाईल्यान्ड र कम्बोडियालगायत दक्षिण पूर्वी देशमा कमिला, फट्याङ्ग्रा र ट्यारन्टुला आदि मज्जाले खाइन्छ । विश्वभर झन्डै २ हजार १ सय प्रजातिका किरा फट्याङ्गालाई खान मिल्ने श्रेणीमा राखिएको एक प्रतिवेदनले देखाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया