• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

    1.4K
    SHARES



    काठमाडाैं। सुर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी)ले मंगलबार प्रक्षेपण गरिएको छ ।

    क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन-६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो । उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ ।

    क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी अन्तरिक्षबाट ०.१-१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।

    ‘सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ’, नासाले उल्लेख गरेको छ । यस प्रयोगले रेडियोका ती तरङ्गहरू कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया