• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    मुगुमा एक सातापछि हवाई सेवा सुचारु

    1.5K
    SHARES



    मुगु । जिल्लाको एकमात्र रारा विमानस्थलमा एकसातापछि हवाई उडान सुचारु भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध रहेको हवाई उडान मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको हो ।

    रारा नागरिक उड्यन कार्यालय मुगुका प्रमुख श्रीकृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि मङ्गलबार समिट र तारा एअरले उडान गरेका छन् । हवाई उडान नहुँदा यात्रुहरूलाई आउजाउ गर्न कठिनाइ भएको थियो ।

    कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षतसंगै बाक्लो हुस्सु र कुहिरोले गर्दा हवाई उडान प्रभावित बनेको थियो ।

    यस्तौ, आजबाट कर्णाली राजमार्ग पनि सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

    प्रतिक्रिया