• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

    1.8K
    SHARES



    काठमाडाैं । इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,” संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उद्धृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ ।

    “राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसद्‌मा पेस गर्न १५ दिनको समय प्राप्त गर्नुहुनेछ ।” नवनिर्वाचित राष्ट्रपतिले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताद्वारा आधिकारिक अनुमोदन प्राप्त गरेपछि शपथ ग्रहण कार्यक्रम हुनेछ । इरानका राष्ट्रपति

    राज्यको प्रमुख होइनन् र राज्यको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ । इरानका सर्वोच्च नेताको आयातोल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि पदभार सम्हाल्दै आएका छन् । मे महिनामा हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि राष्ट्रपति पदका लागि भएको दुई चरणको चुनावमा शुक्रबार पेजेस्कियनले जित हासिल गरेका हुन् ।

    इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया