काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेबसाइटबाट महामन्त्री मुकुल ढकालको नाम हटाएको छ । रास्वपाकाे केन्द्रीय समिति बैठकले ढकाललाई कारबाहीस्वरुप एक साताका लागि निलम्बन गर्ने निर्णय गरेसंगै उनकाे नाम वेबसाइटबाट हटाउकाे हाे ।
निलम्बनसँगै पार्टीको वेबसाइटमा रहेको केन्द्रीय कार्यसमितिको सूचीबाटसमेत ढकालको नाम हटाइएको र वेबसाइटमा फोटोसहित पहिलो नम्बरमा सभापति रवि लामिछाने, दोस्रोमा उपसभापति डीपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम राखिएकाे छ । तर, महामन्त्रीको स्थान समेत खाली नछाडी एकैपटक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ ।
रास्वपाले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई निलम्बनको निर्णय गरेको हो । निलम्बनमा परेसँगै ढकालले ३८ जिल्ला घुमेर तयार गरेको पार्टीको हालको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया