• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    क्यालिफोर्नियाकाे जङ्गलमा लागेकाे डढेलो नियन्त्रणबाहिर, हजाराैँ मानिसलाई घर छाड्न आदेश

    1.3K
    SHARES



    काठमाडाैं । क्यालिफोर्नियाकाे जंगलमा लागेकाे डढेलाे नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको त्यहांका सञ्चारमाध्यम हरूले जनाएका छन् ।

    करिव १४ सय जना अग्नि नियन्त्रक र सयौँ दमकल तथा हवाई जहाजबाट पानी खन्याउँदा पनि डढेलो नियन्त्रणमा आउन सकिरहेकाे छैन ।

    अमेरिकामा केही ठाउँमा गर्मीले रेकर्ड तोडिरहेको बेलामा क्यालिफोर्नियाको आगलागीले जनजीवन झनै अस्तव्यस्त बनाएको छ । तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ । तीव्र हावाहुरी र गर्मीका कारण आगो निभाउने प्रयास असफल भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म १ हजार ४ सय हेक्टरभन्दा धेरै क्षेत्र आगलागीले नष्ट भएको छ ।

    क्यालिफोर्नियामा यसअघि पनि आगलागीका कारण पटक पटक ठूलो क्षति भएको छ । सन् २०१८ मा भएको आगलागीका कारण ८५ जनाको ज्यान गएको थियो ।

    जलवायु वैज्ञानिकहरूका अनुसार अहिले पश्चिमी अमेरिका दशकौँ लामो सुक्खापनबाट गुज्रिरहेको छ । वनमा भएका पोखरी र नदीमा पानी देखिन छाडेको र वनस्पतिहरू तीव्र गतिमा सुक्दै गइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया