काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।
बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका हुन् ।
भुसालले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताएका छन् । पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको पनि उनले बताए ।
भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए । उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताए ।
प्रतिक्रिया