काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ । कांग्रेसले शनिबार दिउँसो ३ बजेका लागि बैठक बाेलाएकाे हाे ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भनिएकाे छ । आज बस्ने बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने छ ।
प्रतिक्रिया