• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालुवाटार पुगेर एमालेका मन्त्रीले बुझाए राजीनामा, अल्पमतमा प्रचण्ड सरकार

    1.1K
    SHARES



    काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

    कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    यसैबीच एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन् ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् ।

    ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ ।

    एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ