काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने भएकाे छ । बुधवार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।
हिजोको बैठकमा सभापति देउवाले एमालेको साथमा नयाँ गठबन्धन बनाउने सहमति भएको र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको बताएका थिए ।
छलफलमा उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा एमालेले आफ्नो मन्त्री फिर्ता बोलाएर प्रक्रियामा केपी ओलीको नेतृत्वमा सरकार गठन हुने भनेका थिए ।
प्रतिक्रिया