काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा गएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग गर्दै आएका ढकालले आफ्नो माग सुनुवाई नभएकोमा बिरोध जनाउँदै मुखमा कालो टेप लगाएका हुन् ।
ढकालले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् । ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ ।
उनले पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामेछानेलाई बुझाएका थिए ।
प्रतिक्रिया