• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

फोटो-फिचर

फोटो प्रदर्शनी हेर्न केपी ओली कांग्रेस मुख्यालयमा, फोटोफिचर

18.3K
SHARES



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न ओली कांग्रेस पार्टी मुख्यालय सानेपा पुगेका हुन् ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन् ।

फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भुमिकालाई अटाइएको उनले बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ