• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    टर्बुलेन्सका कारण एयर युरोपाको विमान आपत्कालीन अवतरण, ३० जना यात्रु घाइते

    2K
    SHARES



    काठमाडौँ। पछिल्लो समय एयर टर्बुलेन्सका घटनाहरू व्यापक भइरहेका छन् । पछिल्लो पटक स्पेनिस विमान कम्पनी एयर यूरोपाको उडानमा पनि शक्तिशाली टर्बुलेन्स हुँदा ३० जना यात्री घाइते भएका छन् ।

    मड्रिडबाट उरुग्वेको मोन्तेभिडियोर्फ गइरहेको कम्पनीको यूएक्स०४५ उडान टर्बुलेन्सपछि ब्राजिलको नाताल विमानस्थलमा आपत्कालीन अवतरण गरिएको थियो । कम्पनीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै यस घटनाबारे जानकारी गराएको हो ।

    विमान सामान्य तरिकाले अवतरण गरिएको र घटनाका क्रममा चोटपटक लागेका यात्रीहरूको उपचार भइरहेको बताइएको छ । टर्बुलेन्समा परेको विमान बोइङ ७८७–९ ड्रिमलाइनर भएको बताइएको छ । सो विमानले ३३९ जनासम्म यात्री बोक्न सक्छ ।

    घटनाको समयमा विमान भित्र कति यात्री थिए भन्ने बारे बारे भने स्पष्ट जानकारी आइसकेको छैन । प्लेन अस्थिर बनेर तलतिर खसेको अनि सिट बेल्ट नलगाएका यात्रीहरू विमानको छतमा ठोक्किएर धेरै चोट लागेको एक यात्रीले बताएका छन् ।

    सिट बेल्ट लगाएकाहरूलाई समेत चोट लागेको भएपनि उनीहरू ठुलो चोट लाग्नबाट बचेका बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया