• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रचण्डलाई लक्षित गर्दै बाबुरामले लेखे– ‘सबैलाई सधैँभरी ठग्न सकिन्न’

    1K
    SHARES



    काठमाडौं । बदलिँदो राजनैतिक घटनाक्रमसंगै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

    कांग्रेस–एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल एक्स मार्फत डा. भट्टराईले भनेका छन्– ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौँ ।

    आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ ।

    उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया