• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized राजनीति

    माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीहरूले राजीनामा दिने

    795
    SHARES



    काठमाडौँ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक अहिले केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।

    उता, नेपाली कांग्रेसले पनि हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया