• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    महामन्त्री ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल

    1.5K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्यालले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही हुन सक्ने बताएका छन् । श्रम तथा रोजगारमन्त्री समेत रहेका उनले कारबाही सम्बन्धमा १९ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिन सक्ने स्पष्ट पारे ।

    साेमबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री अर्याले भने, ‘उहाँ (ढकाल)लाई पार्टीले जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पूरा गर्नुभएको होला । पार्टी सभापतिलाई बुझाउनुभएको छ । त्यो बैठकबाट के गर्नुपर्ने हो, सबै सार्वजनिक हुन्छ । हामीले भन्दा पनि पार्टीको अनुशासनबाट बाहिर जान्छ भने कारबाही हुन सक्छ । त्यो मलाई पनि उहाँलाई र सभापतिलाई कारबाही हुने विषय हो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ