• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेकपाका २ पोलिटब्युरो सदस्य प्रहरीद्वारा गिरफ्तार, ३ दिनदेखि बेपत्ता पारेर कहाँ पुर्‍याइयो ?

    41K
    SHARES



    दिया चन्द, काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका २ पोलिटब्युरो  सदस्यलाई गिरफ्तार गरेर प्रहरीले ३ दिनदेखि बेपत्ता पारेको छ । बिहिबार दिउसो साढे २ बजे काठमाडौंको नागढुंगा चेकपोष्टबाट गिरफ्तार गरी नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई बेपत्ता पारेको सो पार्टीले संचारकेन्द्रलाई बतायो ।

    नेता कार्की र धमलालाई  गृहजिल्लाबाट सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर अपहरण शैलीमा लगेको थियो । त्यसपछि उनीहरुलाई कहाँ लगियो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी दिएको छैन ।

    उता पारिवारिक स्रोतलेले भने लामो समयसम्म पनि गिरफ्तारीबारे प्रहरीले जानकारी नदिएको र बेपत्ता पारेको भन्दै सहयोगका लागि अधिकारकर्मी, मानवअधिकारवादी र मिडियालाई आग्रह गरेका छन् ।

    यता प्रहरी उच्च स्रोतका अनुसार भने गिरफ्तार गरी बेपत्ता पारिएका भनिएका दुवै नेतालाई बालाजु प्रहरीले हिरासतमा राखेको बुझिएको छ । यद्धपि बालाजु प्रहरीले भने यसबारेमा केहि जानकारी दिन चाहेन ।

    उनीहरुलाई केकति कारणले गिरफ्तार गरिएको हो भन्नेबारेमा समेत प्रहरीले केहि जानकारी दिएको छैन । यसैबीच अपहरण शैलीमा गिरफ्तार गरिएका आफ्ना नेताहरुको अवस्था तत्काल सार्वजनिक गरी रिहा गर्न नेकपाले माग गरेको छ ।

    पछिल्लोसमय ओली-प्रचण्ड नेतृत्वको सरकारले नेकपाका नेता कार्यकर्तामाथि व्यापक धरपकड बढाएको छ । नेकपाले गरेका शान्तिपुर्ण भेला, सभा, कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गर्न थालेपछि त्यसको चौतर्फी आलोचना समेत हुदै आएको छ ।

    प्रतिक्रिया