• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि

    1.3K
    SHARES



    काटकाडाैं । फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ । फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो ।

    पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३.२ प्रतिशत मत ल्याउने देखिएको छ । वामपन्थी गठबन्धनलाई २८ दशमलव १ प्रतिशत र राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

    फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो । एनआर पार्टीबाट युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।

    पाँच सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि दुई सय ८९ सिट आवश्यक पर्छ । त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ ।

    पहिलो चरणको चुनावमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन पनि सक्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया