• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतमा थोक महँगी १५ महिनायताकै उच्च

    2.7K
    SHARES



    काठमाडौँ। भारतमा थोक महँगी १५ महिनायताकै सर्वाधिक बढेको छ । मे महीनामा थोक मूल्यमा आधारित मुद्रास्फीति २.६१ प्रतिशतमा पुगेको हो ।

    गत वर्षको सोही अवधिमा यो सूचक माइनस ३ दशमलव ६१ प्रतिशत थियो । अघिल्लो महिना भने थोक महँगी १ दशमलव २६ प्रतिशत थियो ।

    खाद्य वस्तु खास गरी तरकारीको भाउ बढ्दा थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति लगातार तेस्रो महिनामा पनि बढेको हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति बढेर ७.४ प्रतिशतमा पुगेको छ ।

    खाद्य पदार्थ, उत्पादित खाद्य सामाग्री, कच्चा तेल र प्राकृतिक ग्यास, खनिज तेल आदिको भामा भएको वृद्धिका कारण मे महिनामा समग्रमा थोक महँगी बढेको वाणिज्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

    मेमा थोक महँगी बढेको भए पनि खुद्रा महँगी भने घटेको छ । यही हप्ता जारी भएको सरकारी तथ्याङ्कले मेमा खुद्रा मुद्रास्फीति एक वर्षयताकै न्यून स्तरमा आएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया