• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपाको अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

    1.2K
    SHARES



    काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।

    अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    सबै पदमा सहमतिका लागि प्रयास भइरहे अन्ततः त्यसको टुङ्गो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको छ । ‘अध्यक्ष यादवले जे निर्णय गर्छन् त्यसमा सबैले स्वीकार गर्ने सहमति भएको छ’ जसपा नेपालका नेता पूर्ण बस्नेतले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ