• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतीय विदेशमन्त्री जयशंकरले गरे पदभार ग्रहण

    1.2K
    SHARES



    काठमाडौँ । भारत सरकारको विदेशमन्त्रीको रूपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् ।दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका जयशंकरले आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।

    श्रेष्ठले नेपाल–भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।

    जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल-भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

    जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ