काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।
७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रतिक्रिया