काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।
शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षकाे तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको थियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दा हेर्दै राखिएको सर्वोच्चको भनाइ छ ।
यसअघि मङ्गलवार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको तियो ।
प्रतिक्रिया