काठमाडौँ । हङकङ मौद्रिक प्राधिकरण (एचकेएमए)ले आफ्ना सहरहरुमा दिगो वित्त पोषणको विकासमा सहयोग गर्न बैंकिङ क्षेत्रका लागि आफ्नो हरित वर्गीकरण ढाँचा अनिवार्य बनाउने भएको छ । हङकङको केन्द्रीय बैंकले गत मे महिना हरित वर्गीकरण जारी गरेको थियो ।
बैंकले लगानीकर्ताहरूलाई आर्थिक गतिविधिहरूको दिगोपन निर्धारण गर्न मद्दत गर्दै वर्गीकरणले ऊर्जा, यातायात, निर्माण, पानी र फोहोर व्यवस्थापनमा १२ आर्थिक गतिविधिहरू समाबेश गएको थोयो ।
हङकङको एक विश्वविद्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एचकेएमएका कार्यकारी निर्देशक (बाह्य)ले- कम्तिमा बैंकिङ क्षेत्रका लागि यसलाई अनिवार्य बनाउने बिषयमा फेरि पनि बहस र छलफल गरिने बताएका छन् ।
प्रतिक्रिया