• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्रीले समाजवादी मोर्चा पोलेर खाइसके- उपेन्द्र यादव

    1.6K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहितको ४ दलीय समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताए । दल विभाजन भएपछी सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको बताएका हुन् ।

    ‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए नि सहभागी हुने । मोर्चा नै सिध्याएपछि सहभागीको औचित्य छैन’, बिहीबार रातोपाटीसँग यादवले भने ।

    सत्ता समीकरण फेरिएपछि यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए । उनी अमेरिका र कतार भ्रमण रहेकै बेला जसपा नेपालका सङ्घीय परिषद्का अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको उनको आरोप छ । सरकारबाट बाहिरिएपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बुधबार यादवसँग छलफल गरेका थिए । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ