काठमाडौँ। भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि अदानीको नेटवर्थ बढेको हो ।
मिडिया रिपोर्टका अनुसार गौतम अदानीकोन नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ स्थानमा छन् ।
१ खर्ब ९ अर्ब डलर नेटवर्थसहित मुकेश अम्बानी एशियाको दोस्रो धनाढ्य हुन् । अम्बानी विश्वव्यापी सूचीमा १२ औँ स्थानमा छन् । अमेरिकी ब्रोकरेज कम्पनी जेफरिजले अदानी समूहको लगानी योजना सार्वजनिक गरेपछि शुक्रबारै अदानीको सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतसम्म बढेका थिए ।
सो अवधिमा शेयर बजारमा सूचिकृत अदानी समूहका १० कम्पनीको बजार पुँजीकरणमा ८ खर्ब ४० अर्ब ६४ करोड भारु थपिएको थियो ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया