काठमाडौँ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तीमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको मृत्यु भएको छ । आइतबार उनीहरुको हृदयघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले बताएका छन् ।
भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्युको यो खबर दुखको विषय हो ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ ।
प्रतिक्रिया