काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बिहिबार बिहान बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ ।
भेटमा प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताएका छन् ।
प्रतिक्रिया