काठमाडौँ । पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको हो ।
तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो । यस दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अरू २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।
तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ । अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।
प्रतिक्रिया