• आज : २०८१ चैत्र, ०५

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, ०५

    राजनीति

    सुदूरपश्चिममा कांग्रेसले गर्‍यो प्रदेशसभा बहिष्कार, सहकारी ठगीमा संसदीय छानबिन माग

       सञ्चारकेन्द्र    २०८१ जेठ १३ गते   ०५:४० बजे
    1K
    SHARES



    धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो ।

    उनीहरुले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गरेका छन् ।कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए ।

    उभिएर विरोध जनाएपछि सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप लगाए ।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ