• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

    1.2K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

    संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

    कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

    आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

    समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन नसकेपछि त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको छ । शीर्ष नेताहरूको बैठक पनि आजै बस्ने तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ