• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    महिलालाई तेक्वान्दो सिकाउन माधव नेपालको जोड

    1.4K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दोलाई देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेकाले देशभर पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।

    महिला हिंसाका घटना रोक्न छोरीहरुलाई बढीभन्दा बढी तेक्वान्दो सिकाउनुपर्ने पनि अध्यक्ष नेपालले बताए । उनले भने,-‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

    खेलले सामुहिकताको भावना बढाउनुका साथै व्यक्तिलाई अनशासित र मेहनती हुन प्रेरणा मिल्ने अध्यक्ष नेपालको बुझाई छ । त्यसकारण खेललाई प्रोत्साहन दिनुपर्ने उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ