• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Uncategorized राजनीति

    राप्रपाले भन्यो- गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको पनि छानबिन गरिनुपर्छ

    1.3K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपको पनि छानबिन गरिनुपर्ने बताएको छ ।

    बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जस्तै गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गरिनुपर्ने धारण व्यक्त गरेको हो ।

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरूपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’

    यस्तै बैठकमा राप्रपाको यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरूमाथि बृहत् छलफल भएको छ ।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका छन् । प्रस्तुत प्रतिवेदनहरूलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने राप्रपाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ