काठमाडौँ । पटनाको एक विद्यालयमा ट्यांकीभित्र एक विद्यार्थिको शव फेला परेपछि आक्रोशित भिडले विद्यालयमा आगजनी गएको छ । शुक्रबार बिहारको राजधानी पटनाको एक विद्यालय परिसरमा रहेको ट्यांकीभित्र विद्यार्थीको शव भेटिएको थियो ।
स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे । साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्याे । उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्यांकीभित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।
घटनाबाट आक्रेशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए । वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन् । पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण संकलन गरेको बताए ।
सीसीटीभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया