• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

अभिनेता अल्लु अर्जुनविरुद्ध मुद्दा दायर

3.9K
SHARES



काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।

आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठूलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्दा दायर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १ सय ८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको र यसले ठूलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ