• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको आरोपमा स्टेट गार्डका प्रमुख बर्खास्त

    1.8K
    SHARES



    काठमाडौँ। जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्यागर्ने षड्यन्त्रमा २ जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।

    जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गरेको अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो ।

    यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य आएको छैन । एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।

    युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेलमाथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेनविरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ