• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ब्रजिलमा भीषण बाढी, गाउँनै डुबेपछि घरको छानामा घोडा

    1.8K
    SHARES



    काठमाडौँ । ब्राजिलमा आवको भिषण बाढीका कारण त्यहाँको जनजीवन प्रवाभित भएको छ । ब्रजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण जनजीवन प्रभावित हुनुका साथै धनजनको ठूलो क्षति भएको छ ।

    प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी रहेको बीबीसीले जनाएको छ । बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले निकै चर्चा भइरहेको छ ।

    कानोअसका नगरप्रमुखले उक्त घोडालाई उद्धार गर्न हेलिकप्टर पठाइएको बताएका छन् । ब्रजिल सरकारले बाढीबाट प्रभावित राज्यलाई उद्धारकार्य र पुनर्निर्माणका लागि १० अर्ब डलर उपलब्ध गराउने बताएको छ ।

    कम्तीमा १ सय ७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १ सय ३० जना सम्पर्कविहीन छन् । दुई सातादेखि उक्त राज्यको राजधानी पोर्टो अलेग्रे डुबानमा परेको छ । बीबीसीको सहयोगमा

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ