• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    महाराजगञ्ज नगरपालिका-२ का वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    891
    SHARES



    काठमाडौँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडा अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो ।

    वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा अध्यक्ष अलीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत १८ गते नियन्त्रणमा लिइएको थियो ।

    अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष अलीले घरबाटै सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ