• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विदेशमन्त्री इशाक दार उपप्रधानमन्त्रीमा नियुक्त

    1.5K
    SHARES



    इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

    सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।’ पाकिस्तानमा १२ वर्षपछि कसैलाई उपप्रधानमन्त्री नियुक्त गरिएको हो ।

    यसअघि सन् २०१२ को जुनमा चौधरी परवेजलाई पाकिस्तानको उपप्रधानमन्त्री नियुक्त गरिएको थियो । पाकिस्तानमा यस वर्षको सुरुमा आम निर्वाचन भएको थियो ।

    मार्चमा शहबाज सरिफको गठबन्धन सरकार बनेपछि इशाक दारलाई पाकिस्तानको विदेशमन्त्री नियुक्त गरिएको थियो । इशाक दारले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म शाहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारमा अर्थमन्त्रीको पद पनि सम्हालिसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ