• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदनशील

    326
    SHARES



    काठमाडौं । इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

    इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए ।

    मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ ।
    उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन् ।

    प्रहरी प्रवक्ता ढकालले सबै सुरक्षा निकायसँगको सहयोगमा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउने बताए । थप जनशक्ति आवश्यक परेपनि तयारी अवस्थामा रहने उनले बताए ।

    निर्वाचनको समयमा निर्वाचन विरोधी दल र समूहको गतिविधि, जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य, अफवाह फैलाउने, धाकधम्की दिने, अवरोध पुर्‍याउने जस्ता गतिविधि हुनसक्ने भएकाले त्यसलाई निस्तेज पार्न प्रहरी पूर्ण रुपमा तयार रहेको उनले बताए ।

    मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्ने समेत उनले बताए । मतदातालाई अवरोध गरे वा मतदान स्थल वा केन्द्रमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गर्ने ढकालले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया