• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अहिलेको कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष, आवश्यक कानुन बनाउने निर्णय

    690
    SHARES



    काठमाडौँ । सरकारले अहिलेको कानुनी संरचनाबाट हाल देखिएको सहकारीसम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सामान्य र नियमित प्रक्रियाबाट सहकारी सम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको हो ।

    यसबारेमा मन्त्रिपरिषद्का सबै सदस्य एकमत रहेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले यस सम्बन्धमा छिटोभन्दा छिटो आवश्यक कानुन तयार गर्न प्रक्रिया अघि बढाइने निर्णय भएको बताइन् ।

    ‘विद्यमान कानुन र संरचनाबाट यो समस्याको समाधान सम्भव देखिँदैन । छिटोभन्दा छिटो यससम्बन्धमा कानुनी व्यवस्था पनि गर्नुपर्नेछ’, उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भनिन्, ‘आवश्यक पर्‍यो भने संरचना पनि बनाउनुपर्छ ।सहकारी समस्या पीडितको समस्या समाधान गर्न कानुनी व्यवस्था फास्ट ट्याकबाट गर्ने र संरचना पनि फास्ट ट्याकबाट बनाउन पर्छ भन्ने कुरा बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। सम्बन्धित मन्त्रालयले वर्क आउट गरेर अगाडि बढाउँछौँ ।’

    मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको उनले स्पष्ट पारिन् । सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो । देशभर सहकारीसम्बन्धी समस्या बढिरहेको बेला सरकारले यसबारे गम्भीरता देखाउँदै आवश्यक छलफल र निर्णय गरेको बताइएको छ ।

    मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।

    यस्तै हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद बैठले गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ