काठमाडौँ । बिहारको सत्तारुढ दल जनता दल (युनाइटेड) का नेता सौरभ कुमारको गोली हानी हत्या भएको छ । समाचार एजेन्सी पीटीआइका अनुसार बुधबार राति एक विवाह समारोहबाट फर्किदै गर्दा नेता सौरभको गोलीहानी हत्त्या भएको हो ।
उनलाई पटना नजिकैको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिहरूले चलाएको गोली लागेको सब डिभिजनल पुलिस अफिसर कन्हैया सिंहले बताए ।
गोली लागेपछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । नेता सौरभसँगै मुनमुन कुमार पनि घाइते भएका थिए र उनको कङ्करबाग अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया