• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुमि ब्यबस्था बिभागका महानिर्देशक बिदुर प्रसाद खनाललाई कालोमोसो

    717
    SHARES



    काठमाडौँ । मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका महानिर्देशक बिदुर प्रसाद खनाललाई उनकै कार्यकक्षमा कालोमोसो दलेको छ ।

    बुधबार दिउँसो २ बजे क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताले उनकै कार्यकक्षमा कालामोसो दलेको हो । सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको, देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको र उपत्यका लगायत देशभरका भु –माफियालाइ संरक्षण गरेको भन्दै युवा संगठनले कालो मोसो दलेको हो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्ट्राचारमा मुछिएका व्यक्तिहरुलाई पछिल्लोसमय कालोमोसो दल्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ