• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ताइवानमा एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

    1.5K
    SHARES



    काठमाडौँ । ताइवानमा एकैदिनमा ८० पटकभन्दा बढी भूकम्प गएको छ । मिडिया रिपोर्ट अनुसार गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी पटक भूकम्पको छ । तीमध्ये सबैभन्दा बढी ६ रेक्टर स्केल माथिका छन् ।

    भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनको जमिनबाट १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।

    यसअघि अप्रिल ३ मा ताइवानमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र जमिनबाट ३४ किलोमिटर तल थियो ।

    सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ