• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, संजय शर्मा लगायत ८ जनाले पाए सफाइ

    0.9K
    SHARES



    काठमाडौँ । नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका छन् । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका हुन् ।

    विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबावु श्रेष्ठले पौडेललाई दोषी ठहर गरेका हुन् । पौडेललाई सजाय निर्धारण गर्न वैशाख २५ मा पेशी तोकिएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ ।

    उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक पदमा कार्यरत रहेका थिए । २३ करोड २७ लाख ५८ हजार तिरेर खरिद गरिएको सफ्टवेयर सञ्चालनमा नल्याएर रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ ।

    सो मुद्दामा ८ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा संजय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर ओली, रामशरण गायक, सफल श्रेष्ठ र मधु कुमार मरासिनी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ