• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ३ जनाको मृत्यु, तिनै जनाको परिचय खुल्यो   

    1.3K
    SHARES



    दोलखा । दोलखाबाट हिँडेको बस दुर्घटनाहुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । उक्त दुर्घटनामा बसमा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।

    शुक्रबार बिहान भिमेश्वर नगरपालिका- १ सुष्पाक्षमावती छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा बसमा सवार ३ जनाको ज्यान गएको हो ।

    दुर्घटना परी मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी र १९ वर्षका दीपेन्द्र थामी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिएका छन् ।

    दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएका छन् । त्यस्तै गम्भीर घाइते पाँच जनालाई अस्पताल लगिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ