काठमाडौँ । इन्डोनेसियाको पहिरोमा परी मृत्यु हुनेनयाँ कृषि सहकारीका आरोपिहरु विरुद्ध मुद्दा नचल्ने, पक्राउ गरिएका ३ जना छुटे काठमाडौँ । काठमाडौँको नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणका आरोपितविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा नचल्ने निर्णय गरेको हो । सीआईबीका एआईजी श्यामलाल ज्ञवालीका अनुसार मुद्दा नचल्ने निर्णय भएसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका ३ जना छुटेका छन् ।
पक्राउ परेका नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नवीन अछामीलाई थुनामुक्त गरिएको ज्ञवालीले बताए । सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जाहेरवालाको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको एआईजी ज्ञवालीले बताए ।
प्रतिक्रिया