• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जितपुर-सीमरा गोल्डकपको फाइन खेल हेर्न गएका प्रहरी जवानको ट्याङ्करको ठक्करबाट मृत्यु

    556
    SHARES



    बारा । ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको ज्यान गएको छ । जितपुर-सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो ।

    बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट उनको मृत्यु भएको बारा प्रहरीले जनाएको हो ।

    पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान परियारलाई उपचारका लागि परवानीपुरको एलएल न्यूरो अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

    प्रवक्ता न्यौपानेका अनुसार गम्भीर घाइते भएका प्रहरी जवान परियारको उपचारकै क्रममा मृत्यु भएको हो । तेल ट्याङ्कर नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको प्रहरीले जनायो ।

    अछाम चउरपाटी गाउँपालिका वडा नम्बर- १ निवासी प्रहरी जवान परियारको २ वटा बच्चा रहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाका अनुसार राती ८ बजेसम्मको ड्यूटी सकाएर सिमराको फाइनल खेल हेर्न गएको प्रारम्भिक सोधपुछबाट खुलेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ