• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

    1.1K
    SHARES



    काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो समय निरन्तर रुपमा बढ्दो क्रममा रहेको सुनको मूल्य आज पनि बढेको हो । तोलामा ६ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा फेरि नयाँ कीर्तिमानी मूल्य कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्यमा समेत नयाँ कीर्तिमान कायम भएको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १६ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया